instainsta

नेपाललाई जापान सरकारले किन दियो ५३ करोड रुपैयाँ बढीको अनुदान ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २५ गते
नेपाललाई जापान सरकारले किन दियो ५३ करोड रुपैयाँ बढीको अनुदान ?
AdvertisementAds

जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाललाई करिब ५३७ मिलियन (५३ करोड) नेपाली रुपैयाँ बराबरको अनुदान दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयमा भएको कार्यक्रममा जापान सरकार र नेपाल सरकारबीच विनिमय पत्र र सम्झौतामा हस्ताक्षर भएको हो।

यसअनुदानले २० जना स्नातकोत्तर र २ जना पिएचडी तहका विद्यार्थीलाई विश्वविद्यालय शुल्क, जीविकोपार्जन, यात्रा भत्ता, बीमा र शैक्षिक सामग्रीका लागि सहयोग गर्नेछ। यो कार्यक्रम सन् २०१५ देखि सञ्चालनमा छ र अहिलेसम्म १४२ जना नेपाली निजामती सेवाका कर्मचारीहरूले यसमार्फत जापानमा अध्ययन पूरा गरिसकेका छन्।

समारोहमा दुवै पक्षले छात्रवृत्तिले नेपालमा सार्वजनिक सेवा र दुई देशबीचको सम्बन्धमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स