प्रतिकित्ता ३९० रूपैयाँमै छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ९ गते
प्रतिकित्ता ३९० रूपैयाँमै छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेका १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

यी सेयरहरू हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र खरीद गर्न मिल्ने गरी बिक्री खुला गरिएको हो। प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ।

सेयर खरीदमा इच्छुक संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले कति कित्ता सेयर लिन चाहेको विवरण उल्लेख गरेर काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

यदि तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट कुनै निवेदन नआएमा ती सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स