३ कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ। हिमालयन लाइफ, सांग्रिला डेभलपमेन्ट बैंक र कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको हो ।
हिमालयन लाइफले ५ लाख ३६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र हाल यस सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन कम्पनीको कानुन विभागमा लिखित रुपमा पेश गर्नुपर्नेछ। यसका लागि ३५ दिनको समय तोकिएको छ। तोकिएको अवधि भित्र संस्थापक सेयरधनीहरुले आवेदन नदिएमा बाँकी सेयर अन्य इच्छुक खरिदकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले पनि संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १९ हजार ७६७ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो। विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। आवेदन ३५ दिनभित्र काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ। यदि तोकिएको मितिभित्र आवेदन नपाएमा अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।
कुमारी बैंक लिमिटेडले पनि विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १३ हजार ८८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। आवेदन ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ। निर्धारित म्यादभित्र आवेदन नपरेमा संस्थापक बाहेक अन्य व्यक्तिलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।


















प्रतिकृया