विधेयक बन्दै गर्दा महावीर पुनले सार्वजनिक गरे मन्त्रालयको संरचना, मागे सुझाव

विधेयक बन्दै गर्दा महावीर पुनले सार्वजनिक गरे मन्त्रालयको संरचना, मागे सुझाव
Advertisement Ads

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयको संस्थागत संरचना तथा काम गर्ने ढाँचा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यही ढाँचाका आधारमा मन्त्रालयसम्बन्धी विधेयक तयार भइरहेको जानकारी दिएका हुन्।

मन्त्री पुनले वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक तथा मन्त्रालयका शुभेच्छुकलाई सार्वजनिक गरिएको संरचना अध्ययन गरी महत्वपूर्ण सुझाव तथा सच्याउनुपर्ने विषय भए सामाजिक सञ्जालमा प्रतिक्रिया दिन आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘सम्पूर्ण वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक र मन्त्रालयका शुभेच्छुकले यो तल दिइएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको काम गर्ने गराउने ढाँचा हेर्नुहोला। यसैको आधारमा विधेयक बन्दैछ। यसमा तपाईहरूको कुनै गहन, ठोस र महत्वपूर्ण सुझाव छ वा सच्याउनुपर्ने कुनै गहन त्रुटी छ भने यसैमा कमेन्ट गर्नुहोला। विधेयकको मस्यौदा विगत दुई महिनादेखि बन्दैछ।’

सार्वजनिक गरिएको संस्थागत संरचनामा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्, मन्त्रालय, परामर्श समिति, विज्ञान प्रविधि तथा नवप्रवर्तन प्रवर्धन केन्द्र तथा कोष लगायत विभिन्न आबद्ध निकायको संरचना समेटिएको छ।

मन्त्री पुनका अनुसार उक्त ढाँचालाई आधार बनाएर विधेयकको मस्यौदा तयार गर्ने काम विगत दुई महिनादेखि भइरहेको छ।

Screenshot 10 8 2026 114631 www.facebook.com https://bajarkochirfar.com/while-the-bill-was-being-drafted-mahabir-pun-made-the-structure-of-the-ministry-public-sought-suggestions | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स