फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। उक्त सेयर संस्थापक सेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्चको नाममा रहेको हो।
सुरुमा यो सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई ३५ दिनको सूचना दिई बिक्रीमा राखिएको थियो। तर, तोकिएको समयभित्र कुनै निवेदन नपरेपछि अब अन्य व्यक्ति तथा संस्थालाई समेत खरिदको लागि आवेदन दिन खुला गरिएको हो।
इच्छुक लगानीकर्ताले असार १५ गतेसम्म काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा आवेदन दिन सक्नेछन्।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया