हिमालयन बैंक लिमिटेडले आफ्ना पाँच जना संस्थापक सेयरधनीहरूका नाममा रहेका कुल १ लाख १९ हजार ९९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बिक्रीमा राखिएका सेयरमध्ये ज्योतिकुमारी बेगानीका ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालका २६ हजार ४५४ कित्ता, सुरक्षा सिजापतिको ११ हजार १५६ कित्ता, मैया श्रेष्ठ बस्नेतका ५ हजार १४१ कित्ता र चिरञ्जीवि लाल अग्रवालका ३ हजार १७१ कित्ता छन्।
बैंकले यी सेयरहरू राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो चरणमा आफ्ना विद्यमान संस्थापक सेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरेको थियो। तर तोकिएको समयभित्र कुनै आवेदन नआएपछि अब यी सेयर सर्वसाधारणको लागि खुला गरिएको हो। इच्छुक व्यक्ति वा संस्थाहरूले आगामी १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।
बैंकले सूचनामार्फत बिक्री मूल्य तथा अन्य आवश्यक जानकारीका लागि कानून तथा सेयर विभागमा सम्पर्क गर्न आग्रह गरेको छ।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया