हिमालयन बैंकको एफपीओ कहिले हुँदैछ बाँडफाँड ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ७ गते
हिमालयन बैंकको एफपीओ कहिले हुँदैछ बाँडफाँड ?

हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको एफपीओको बाँडफाँड अब अर्को सातामात्र हुने भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार केही आश्वा सदस्य बैंकहरूबाट आवेदन पुष्टिको काम (कन्फरमेशन) अझै बाँकी रहेकाले बाँडफाँड प्रक्रिया ढिलो भएको हो।

क्यापिटलले जानकारी दिएअनुसार कन्फरमेशनको काम सकिएपछि प्रि-अलोटमेन्ट प्रक्रिया हुनेछ। हालको नियमानुसार प्रि-अलोटमेन्टपछि कम्तीमा दुई दिनको समय राख्नुपर्ने भएकाले बाँडफाँड सिधै अघि बढ्न सक्दैन। यिनै प्रक्रियाका कारण एफपीओको बाँडफाँड अर्को साता मात्र सम्भव हुने भएको हो। क्यापिटलले साता सुरु हुने बित्तिकै बाँडफाँड गर्ने तयारी गरिरहेको छ।

मागभन्दा चार गुणा बढी आवेदन परेको यो एफपीओमा १७ लाखभन्दा धेरै लगानीकर्ताले आवेदन दिएका छन्। तर गोलाप्रथाबाट मात्र ९ लाख २५ हजार ४६ जना आवेदकले सेयर प्राप्त गर्नेछन्। तीमध्ये ९ जनाले ११ कित्ता र बाँकी सबैले १० कित्ता शेयर पाउनेछन्।

हिमालयन बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो। बैंकले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर १५७ रुपैयाँमा एफपीओ बिक्री गरेको हो।

यसअघि बैंकले प्रति कित्ता १६९ रुपैयाँ (१०० अंकित मूल्य + ६९ प्रिमियम) मा एफपीओ निष्काशन गर्ने प्रस्ताव पेश गरेको थियो। तर नेपाल धितोपत्र बोर्डले असार २२ गते सो प्रस्ताव स्वीकृत गर्दा प्रिमियम मूल्य घटाएर १५७ रुपैयाँमा निष्काशन गर्न अनुमति दिएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स