instainsta

अण्डाको मूल्य ३० रुपैयाँले बढ्दा प्रतिक्रेट कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ६ गते
अण्डाको मूल्य ३० रुपैयाँले बढ्दा प्रतिक्रेट कति पुग्यो ?
AdvertisementAds

आज (साउन ६) गतेदेखि अण्डाको मूल्य वृद्धि गरिएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले ठूलो र मिडियम अण्डाको मूल्य क्रमशः प्रतिक्रेट ३० रुपैयाँले बढाएको हो। नयाँ मूल्य अनुसार, ठूलो अण्डाको मूल्य अब प्रतिक्रेट ५२५ रुपैयाँ पुगेको छ, जुन यसअघि असार २० गते ४९५ रुपैयाँ तोकिएको थियो।

त्यस्तै, मिडियम अण्डाको मूल्य पनि ३० रुपैयाँले बढाएर प्रतिक्रेट ४९५ रुपैयाँ पुर्‍याइएको छ। यसअघि मिडियम अण्डाको मूल्य ४६५ रुपैयाँ थियो। संघका अनुसार उत्पादन लागतमा वृद्धि भएका कारण मूल्य समायोजन गरिएको हो।

यसका साथै, चितवनबाट देशका विभिन्न डिपोहरूमा अण्डा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ अतिरिक्त लाग्नेछ। यी सम्पूर्ण खर्च समायोजन गरी उपभोक्ता बजारमा अण्डाको खुद्रा मूल्य निर्धारण गरिने संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स