आइतबार सुनचाँदीको मूल्य कति पुग्यो ?

आइतबार सुनचाँदीको मूल्य कति पुग्यो ?

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ । अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७६ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Copy of Copy of GOLD SILVER 1 1 https://bajarkochirfar.com/what-was-the-price-of-gold-and-silver-on-sunday-10 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स