पहिलो त्रैमासमा घाटामा रहेको एकमात्र वाणिज्य बैंक सिटिजन्स बैंकको कस्तो छ समग्र वित्तीय अवस्था

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
पहिलो त्रैमासमा घाटामा रहेको एकमात्र वाणिज्य बैंक सिटिजन्स बैंकको कस्तो छ समग्र वित्तीय अवस्था
Advertisement Ads

सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ऋणात्मक २२ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १९ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमासमा सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ११.२८ प्रतिशाते बढेर १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी १२.११ प्रतिशतले बढेर २ अर्ब २१ करोड ४९ लाख रुपैयाँ पुगेको छ। बैंकको  सञ्चालन मुनाफा ३७ करोड १८ रुपैयाँ ऋणात्मक भएको छ। जुन गत वर्ष २८ करोड २९ लाख रुपैयाँ थियो।

इम्पेयरमेन्ट चार्ज बढेको कारण बैंकको नाफा प्रभावित भएको हो।गत वर्ष पहिलो त्रैमासमा ९० करोड ९१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज अहिले बढेर १ अर्ब ७३ करोड रुपैयाँमा पुगेको छ।यता बैंकको खराब कर्जा अनुपात १.३४ प्रतिशतबिन्दुले  बढेर ६.८४ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ६८ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सिटिजन्स बैंकको चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ऋणात्मक ४१ करोड ४७ लाख रुपैयाँ र जगेडा कोषमा ८ अर्ब २८ करोड ७२ लाख रुपैयाँ सञ्चित रहेको छ। गत वर्ष यस अबधिमा वितरणयोग्य नाफा ६७ करोड ८४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९७ पैसा ऋणात्मक भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ३० पैसा रहेको छ।

CZBIL 2 https://bajarkochirfar.com/what-is-the-overall-financial-condition-of-citizens-bank-the-only-commercial-bank-to-report-a-loss-in-the-first-quarter | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स