कस्तो छ नेप्सेमा सूचीकृत एकमात्र औषधि कम्पनी उत्पादन गर्ने कम्पनीको वित्तीय अवस्था ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते
कस्तो छ नेप्सेमा सूचीकृत एकमात्र औषधि कम्पनी उत्पादन गर्ने कम्पनीको वित्तीय अवस्था ?

ओम मगाश्री फर्मास्यूटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ७५ लाख ६० हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २१ करोड ४८ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी २१ करोड ५१ लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा कम्पनीको कुल खर्च २० करोड ५६ लाख रुपैयाँ भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६८ पैसा रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ५४ पैसा छ ।

६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको ओम मेगाश्री फर्मास्यूटिकल्सको रिटेन्ड अर्निङ्ग ४ करोड १२ लाख रुपैयाँ ऋणात्मक छ। यद्यपि, कम्पनीको अन्य जगेडा कोषमा ६ करोड २४ लाख रुपैयाँ रहेको छ।

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड नेप्सेमा सूचीकृत एक मात्र औषधि उत्पादन गर्ने कम्पनी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स