SHAREHUB SHAREHUB

रवि लामिछाने र कुलमानबीच भएको सहमतिमा के छ ?

Advertisement Ads
रवि लामिछाने र कुलमानबीच भएको सहमतिमा के छ ?
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ अन्ततः एउटै राजनीतिक धारमा उभिएका छन्। तीन पक्षबीच भएको सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन्।

सहमति पत्रमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने बालेन शाह साक्षीका रूपमा बसेका छन्।

यसअघि नै रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गरिसकेको थियो। आइतबार बालेन र रवि लामिछानेबीच भएको उक्त सहमतिमा भने कुलमान सहभागी थिएनन्। त्यसपछि रवि र बालेनले पटक–पटक कुलमानसँग छलफल गरी अन्ततः सहमतिमा पुगेका हुन्।

सोमबार रवि लामिछाने र कुलमान घिसिङबीच भएको भेटवार्तापछि उनीहरू एउटै दलबाट समानुपातिकतर्फको बन्द सूची बुझाएर अगाडि बढ्ने सहमतिमा पुगेका छन्।

सहमति पत्रमा मुलुकको परिवर्तित राजनीतिक परिस्थितिमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, असल शासन र बहुलवादी लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै नागरिकका आकांक्षा पूरा गर्न नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख छ। साथै २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलगायत विभिन्न जनआन्दोलनका शहीद तथा घाइतेहरूको बलिदानलाई स्मरण गर्दै राष्ट्रसेवाको साझा लक्ष्यसहित सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

Advertisement Ads

Draft 1767021102 e1767057388321 https://bajarkochirfar.com/what-is-the-agreement-between-ravi-lamichhane-and-kulman | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स