SHAREHUBSHAREHUB

अब सुर्तीजन्य पदार्थको खोलमा सबैतिर चेतावनीमूलक सन्देश राख्नुपर्ने

AdvertisementAds
अब सुर्तीजन्य पदार्थको खोलमा सबैतिर चेतावनीमूलक सन्देश राख्नुपर्ने
AdvertisementAds

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नयाँ निर्देशिका स्वीकृत गरेका छन्, जसअनुसार चुरोट तथा सुर्तीजन्य उत्पादनको अगाडि र पछाडिको पूरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गरिनेछ।

यसअघि ९० प्रतिशत भागमा चेतावनी छाप्नुपर्ने प्रावधानलाई संशोधन गर्दै मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन यो कठोर कदम चालेका हुन्। ‘क्यान्सरको उपचार मात्र होइन, रोकथाम नै हाम्रो प्राथमिकता हो,’ उनले भने।

नेपालमा सुर्ती तथा चुरोट सेवनका कारण हरेक वर्ष ३७ हजारको मृत्यु हुने मन्त्रालयको तथ्यांक छ। यस्तै चेतावनीयुक्त सूचनाका कारण थाइल्याण्डमा ८५% व्यक्तिले धुम्रपान त्यागेको अध्ययनले देखाएको छ।

नयाँ निर्देशिका २०८१ लागू भएसँगै चुरोट, सुर्तीका बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा स्वास्थ्य चेतावनीसहितका चित्र छाप्न अनिवार्य गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स