अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ। जेनेभामा दुई दिनसम्म चलेको वार्तापछि सहमति जुटेको हो। सम्झौतापछि दुवै देशका अधिकारीहरूले यो उपलब्धिलाई सकारात्मक रूपमा लिएका छन्।
अमेरिकाका सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले सम्झौतालाई “महत्वपूर्ण प्रगति” को रूपमा टिप्पणी गरेका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्झौताको जानकारी गराइसकेको पनि जनाए। सम्झौाको विस्तृत विवरण भने पछि सार्वजनिक गरिनेछ।
अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले वार्तालाई “रचनात्मक” भनी मूल्यांकन गर्दै छोटो समयमै सहमति बन्नुले दुई पक्षबीच सोचिएजस्तो ठूलो मतभेद नभएको संकेत गरेको बताए। चिनियाँ प्रतिनिधिले पनि यो सम्झौता “संसारका लागि खुशीको खबर” भएको प्रतिक्रिया दिएका छन्।
विगतमा एकअर्कामाथि अतिरिक्त शुल्क र कर लगाउँदै व्यापार युद्धको अवस्थामा पुगेका दुई शक्तिशाली राष्ट्रबीच सम्झौता हुनुलाई विश्लेषकहरूले उल्लेखनीय कूटनीतिक सफलता मानेका छन्।
हालै राष्ट्रपति ट्रम्पले अमेरिका–चीन व्यापार घाटा १२ सय अर्ब डलर पुगेको भन्दै नयाँ ट्यारिफ घोषणा गरेका थिए। त्यसको जवाफमा चीनले पनि कर बढाएको थियो। नयाँ सम्झौताको माध्यमबाट व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास अमेरिकी पक्षले व्यक्त गरेको छ।
(एजेन्सीहरुको सहयोगमा)
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया