कर्मचारी तथा प्रशासनिक खर्च बढ्दा अपर स्याङ्गेको नाफा घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २५ गते
कर्मचारी तथा प्रशासनिक खर्च बढ्दा अपर स्याङ्गेको नाफा घट्यो

अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद घाटा बढेर १ करोड ६२ लाख ९८ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३४ लाख १७ हजार रुपैयाँ खुद घाटा व्यहोरेको थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५ करोड ६ लाख रुपैयाँबाट २१.१९ प्रतिशतले घटेर ३ करोड ९८ लाख रुपैयाँमा झरेको छ। यता, वित्तीय खर्च ४ करोड ९१ लाखबाट घटेर २ करोड ६२ लाख रुपैयाँ कायम भएको छ। तर, विद्युत बिक्री आम्दानी घट्नु र कर्मचारी तथा प्रशासनिक खर्चमा उल्लेख्य वृद्धि हुनुका कारण नाफा झनै घटेको हो। कर्मचारी खर्च ५० लाख ४४ हजार रुपैयाँबाट बढेर ६२ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च ३७ लाख ६७ हजार रुपैयाँबाट बढेर ६५ लाख ८ हजार रुपैयाँ पुगेको छ।

२२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको रिजर्भ १० करोड ६६ लाख रुपैयाँ ऋणात्मक अवस्था रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ ६ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ५१ रुपैयाँ ५४ पैसा रहेको छ।

थप रूपमा, कम्पनीले ३३ करोड ८१ लाख रुपैयाँ दीर्घकालीन र ४ करोड ४७ लाख रुपैयाँ अल्पकालीन कर्जा लिएको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स