नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको पुनर्गठन गर्दै अघि बढ्नुपर्ने भन्दै नेता तथा कार्यकर्तालाई १० बुँदे सुझाव जारी गरेका छन्।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो घटनाक्रमको विश्लेषण गर्दै कमजोरीको समीक्षा गर्न पार्टी नेता र कार्यकर्तालाई आह्वान गरेका छन्। उनले गल्तीप्रति आत्मालोचना गर्नुपर्ने र उत्तेजनामा लिएर गरिने निर्णयले सही दिशा नपुग्ने बताएका छन्।
साथै, भट्टराईले जेन-जी समूहले उठाएको भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन गर्न र त्यसको कार्यान्वयनमा सहयोग गर्न पनि पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।


प्रतिकृया