नेकपा (एमाले)का सांसद भीम आचार्यले आइतबारको प्रतिनिधिसभा बैठकमा सामाजिक सुरक्षा, कर प्रणाली, अवकाश उमेर, मदिरा उद्योग तथा औषधिजन्य खेतीबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे।
सामाजिक सुरक्षा भत्ताको सन्दर्भमा उनले भत्ताको उमेर हदलाई ७० वर्ष पुर्याउनुपर्ने र दोहोरो सुविधा बन्द गर्नुपर्ने धारणा राखे। साथै, सामाजिक सुरक्षालाई क्रमशः योगदानमा आधारित प्रणालीतर्फ लैजानुपर्नेमा उनले जोड दिए।
कर्मचारीको अवकाश उमेरलाई ६० वर्षबाट बढाएर ६२ वर्ष बनाइनुपर्ने प्रस्ताव पनि उनले अघि सारे।
मदिरा नीतिको सन्दर्भमा सांसद आचार्यले स्थानीय रूपमा उत्पादन हुने मदिराको ब्रान्डिङ र प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए। आयातित मदिरामा कर ५० प्रतिशतले बढाउनुपर्ने सुझाव पनि उनले दिए।
औषधिजन्य प्रयोजनका लागि गाँजाको खेतीलाई वैधानिकता दिँदै खुला र प्रोत्साहित गर्नुपर्ने धारणा उनले व्यक्त गरे।
















प्रतिकृया