अमेरिकामा ट्रम्पले १४ लाख बढी आप्रवासीलाई देश निकाला गर्दै, नेपाली कति जना परे ?

अमेरिकामा ट्रम्पले १४ लाख बढी आप्रवासीलाई देश निकाला गर्दै, नेपाली कति जना परे ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध आप्रवासी सम्बन्धी कठोर नीतिअनुसार, अमेरिकाले १४ लाख ४५ हजार ५४९ अवैध आप्रवासीको सूची सार्वजनिक गरेको छ। अमेरिकी अध्यागमन कार्यालयका अनुसार, यो तथ्याङ्क गत वर्षको नोभेम्बर २४ सम्मको हो। ट्रम्प प्रशासनले यी अवैध आप्रवासीलाई स्वदेश फर्काउने नीति स्पष्ट पार्दै निष्कासन प्रक्रिया अघि बढाएको छ।

यस सूचीमा १,३६५ नेपाली समेत रहेका छन्, जसलाई पनि अमेरिका छोड्नुपर्ने हुन्छ। नेपालीसहित सबैभन्दा धेरै संख्यामा निष्काशनमा पर्नेहरूमा होन्डुरसका २,६१,६५१, ग्वाटेमालाका २,५३,४१३, मेक्सिकोका २,५२,०४४, एल साल्भाडोरका २,०३,८२२ आप्रवासी रहेका छन्। त्यस्तै, चीनका ३७,९०८, भारतका १७,९४०, बंगलादेशका ४,८३७, अफगानिस्तानका १,७०८ र बहराइनका १७ आप्रवासीसमेत निष्कासन सूचीमा समावेश छन्।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले लाखौँ अवैध आप्रवासीलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। सोही आदेशअनुसार अमेरिकाले अवैध आप्रवासीको सूची सार्वजनिक गरेको हो। अब, सार्वजनिक सूचीअनुसार १४ लाख ४५ हजारभन्दा बढी अवैध आप्रवासीलाई अमेरिकाबाट निष्कासन गरिने छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स