डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा उपराष्ट्रपति जेडी भान्ससँगै यूएस क्यापिटलमा शपथ लिएका छन्।
शपथपछि सम्बोधन गर्दै ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको दाबी गर्दै, देशलाई फेरि महान बनाउन आफूले जोखिम उठाएको बताए। उनले शिक्षा र स्वास्थ्य प्रणालीमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरे।
बाइडन प्रशासनको आलोचना गर्दै ट्रम्पले आप्रवासीहरूलाई अपराधीको रूपमा बस्न दिएर समस्या बढाएको आरोप लगाए। उनले मेक्सिको सीमामा तत्काल सङ्कटकाल घोषणा गरी लाखौं आप्रवासीलाई देशबाट निकाल्ने र सीमा सुरक्षा बललाई थप सशक्त बनाउने योजना सार्वजनिक गरे।
















प्रतिकृया