३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिँदै ?

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिँदै ?

आज पुस १७ गते, तीनवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। गरिमा विकास बैंक, बुटवल पावर कम्पनी, र नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) ले भोलि पुस १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीले मात्र यी कम्पनीहरूको लाभांश पाउनेछन्।

गरिमा विकास बैंकले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न पुस २९ गते सोमबार बिहान साढे १० बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा साधारण सभा हुनेछ।

बुटवल पावर कम्पनीले पनि चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ। यसको लागि पुस २८ गते आइतबार बिहान ११ बजे कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा साधारण सभा आयोजना गरिनेछ।

नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)ले प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। उक्त निर्णय पारित गर्न पुस २८ गते आइतबार बिहान १० बजे राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा साधारण सभा हुनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स