खानी खोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २६ गते
खानी खोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज (असार २६) गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्काशन गर्न भोलि (असार २७) गते बुक क्लोज गर्दैछ।

यस अनुसार, असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। यसअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जम्मा ४६ लाख ५७ हजार १४३ कित्ता सेयर अर्थात् ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ। यस प्रक्रिया अन्तर्गत, सिटिजन्स क्यापिटल लिमिटेड कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स