एनएमबि बैंकको १ लाख ८० हजार कित्ता लिलामी सेयर भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २३ गते
एनएमबि बैंकको १ लाख ८० हजार कित्ता लिलामी सेयर भर्ने आज अन्तिम दिन

एनएमबि बैंकको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (मंसिर २३ गते) अन्तिम दिन हो ।  यसमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन्  सेयरको प्रतिकित्ता न्यूनतम मुल्य ११० रुपैयाँ तोकिएको छ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गरि आवेदन दिनुपर्ने छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स