ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन माघ १४ गते (आज) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।
कम्पनीले पुस २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता सेयर जारी गर्दै प्रति कित्ता १ सय अंकित मूल्यमा कुल १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो।
यसका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको छ। जस अनुसार, मंसिर १७ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
हकप्रद सेयरका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। आवेदन सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौं, सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयहरू, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयर मार्फत दिन सकिन्छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया