आइसीएफसी फाइनान्सको डिबेन्चरमा आवेदन दिने आज अन्तिम दिन

आइसीएफसी फाइनान्सको डिबेन्चरमा आवेदन दिने आज अन्तिम दिन

आइसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि खुला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको छ। यसमध्ये, १ लाख ८० हजार इकाई अन्य संघसंस्थालाई व्यक्तिगत पहलमा बिक्री गरिने र बाँकी १ लाख २० हजार इकाई सर्वसाधारणका लागि छुट्याइएको छ।

न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सकिनेछ।आइसीएफसीले ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गरेको हो, जसमा वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। ब्याज रकम आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी वितरण गरिनेछ।

यस ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल हो। आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनमार्फत दिन सकिन्छ। क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले फाइनान्सलाई केयर एनपी त्रिपल बी माइनस  रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स