प्रतिनिधिसभाले आर्थिक विकास र लगानी विस्तारसँग सम्बन्धित तीन विधेयक पारित गरेको छ।
निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ सरकारी लगानी व्यवस्थापन सुधार गर्न, घाटामा रहेका वा समस्याग्रस्त उद्योगहरूलाई सबल बनाउन ल्याइएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ बजेट निर्माण प्रक्रियालाई सहज बनाउन र संघीय संरचनाअनुसार बजेट परिचालनको आधार तय गर्न आएको छ। आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी विधेयक, २०८१ लगानीमैत्री वातावरण निर्माण, विदेशी लगानी प्रवर्द्धन, उपभोक्ता सुरक्षाका लागि कानुनी परिमार्जन गर्न ल्याइएको हो।
सरकारका अनुसार यी विधेयकहरूले अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत गर्नेछ, तर प्रतिपक्षी दलहरूले तिनको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। विधेयकहरू पारित भएसँगै अब राष्ट्रियसभामा टेबुल गरिनेछ, आवश्यक प्रक्रिया पूरा भएपछि ती ऐनका रूपमा कार्यान्वयन हुनेछन्।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया