सहकारी ठगी प्रकरणमा रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु



Advertisement
Ads

कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तहरूका बयान मंगलबार सकिएका छन्। अभियुक्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जना रहेका छन्, जसले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान दिएका थिए। बयान दिनेमा रवि लामिछाने, छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, मिना गुरुङ, आरती गुरुङ, र कृष्णबहादुर गुरुङ रहेका छन्।

अन्तिम बयानपछि थुनछेक बहस सुरु भएको छ। सरकारी वकिल कार्यालयले सातै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग राखेको छ, जबकि प्रतिवादीका वकिलहरूले साधारण तारेखमा छोड्नुपर्ने पक्षमा बहस गरेका छन्।


Advertisement

यसअघि पुस ७ मा १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै पूरक अभियोग दर्ता गरिएको थियो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता मुद्दामा रवि लामिछानेसहित १९ जनाविरुद्ध आरोप लगाइएको छ। कास्की अदालतमा ६३ जनाविरुद्ध मुद्दा चलिरहेको छ, जसमा ८ कानुनी व्यक्ति र ५ जनालाई सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ।

थुनछेक बहसपछि न्यायाधीश राईको इजलासले प्रतिवादीहरूलाई कारागार चलान गर्ने, धरौटीमा छोड्ने, वा साधारण तारेखमा छोड्ने निर्णय गर्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर