आज सुनको मूल्य २४ सयले बढ्यो, तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १७ गते
आज सुनको मूल्य २४ सयले बढ्यो, तोलाको कति पुग्यो ?
AdvertisementAds

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी कारोबारमा थप कर लगाउने घोषणा गरेपछि देशभरका व्यवसायीहरू आन्दोलित भएका छन्। कर खारेजीको माग गर्दै उनीहरूले आन्दोलन चर्काउँदै लगेका छन्।

यता, आन्दोलनका बीच नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २,४०० रुपैयाँले वृद्धि भएर १ लाख ९० हजार ५०० रुपैयाँमा पुगेको छ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर २ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स