राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा आफूलाई निम्तो नदिएको भन्दै असन्तुष्टि जनाएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टी स्थापना गर्ने व्यक्तिलाई नै महाधिवेशनमा सहभागी गराइएन भन्ने गुनासो गरेका हुन्।
ढकालले लेखेका छन्, “आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ। विडम्बना, पार्टीलाई “Fuc*” लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।”
उनले महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रम मात्र नभई पार्टीले कुन राजनीतिक दिशा लिन्छ भन्ने निर्णायक अवसर भएको बताएका छन्।
साथै उनले “राजव्यक्ति” नभई “राजनीति” गर्नुपर्ने सुझावसमेत दिएका छन्।
यसैबीच, रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ।


प्रतिकृया