सरकारले कटाइ–सिलाइदेखि बारिष्टासम्मको निःशुल्क तालिम दिँदै, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सरकारले कटाइ–सिलाइदेखि बारिष्टासम्मको निःशुल्क तालिम दिँदै, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Advertisement Ads

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी (सुनसरी) ले विभिन्न ७ वटा सीपमूलक तालिम निःशुल्क सञ्चालन गर्ने भएको छ। इच्छुक नेपाली नागरिकलाई २०८३ भदौ २ गतेभित्र आवेदन दिन केन्द्रले सार्वजनिक सूचना जारी गरेको छ।

सूचनाअनुसार टेलर (बेसिक कटाइ–सिलाइ), कुक, सहायक ब्युटिसियन, कटाइ–सिलाइ (एडभान्स), बिल्डिङ इलेक्ट्रिसियन, बारिष्टा र केयर गिभर गरी सात विधाका तालिम सञ्चालन गरिनेछ। प्रत्येक तालिममा २० जनाका दरले प्रशिक्षार्थी छनोट गरिनेछ।

बेसिक कटाइ–सिलाइ, कुक, सहायक ब्युटिसियन, बिल्डिङ इलेक्ट्रिसियन, बारिष्टा र केयर गिभर तालिम ६५ कार्यदिन (३९० घण्टा) का हुनेछन् भने एडभान्स कटाइ–सिलाइ तालिम ३३ कार्यदिन (१९५ घण्टा) को हुनेछ।

बेसिक कटाइ–सिलाइ, कुक, सहायक ब्युटिसियन र एडभान्स कटाइ–सिलाइका लागि न्यूनतम कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ। एडभान्स तालिमका लागि भने मान्यता प्राप्त संस्थाबाट बेसिक कटाइ–सिलाइ तालिम लिएको प्रमाणपत्र अनिवार्य गरिएको छ। बिल्डिङ इलेक्ट्रिसियन, बारिष्टा र केयर गिभर तालिमका लागि एसएलसी/एसईई वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

आवेदकको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। छनोट अन्तर्वार्तामार्फत गरिनेछ। टेलर, कुक, सहायक ब्युटिसियन, एडभान्स कटाइ–सिलाइ र बिल्डिङ इलेक्ट्रिसियन तालिमका अन्तर्वार्ताको मिति तोकिएको छ भने बारिष्टा र केयर गिभरको अन्तर्वार्ता पछि सार्वजनिक गरिने केन्द्रले जनाएको छ।

आवेदन फारामसँग नेपाली नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र तथा आवश्यक अन्य कागजात पेश गर्नुपर्नेछ।

तालिममा सहभागी प्रशिक्षार्थीलाई दैनिक ५० रुपैयाँका दरले खाजा भत्ता उपलब्ध गराइनेछ। बस्ने र खाने व्यवस्था भने प्रशिक्षार्थीले आफैं मिलाउनुपर्नेछ।

केन्द्रका अनुसार विपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार, जनआन्दोलन घाइते, एकल महिला तथा पिछडिएका क्षेत्रका व्यक्तिलाई प्राथमिकता दिइनेछ।

इच्छुक आवेदकले थप जानकारीका लागि व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीको कार्यालय समयभित्र ०२५–५८१०१६ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। साथै, प्रतिष्ठानको वेबसाइट: vtcitahari.gov.np तथा फेसबुक पेज: Vocational Training Centre, Itahari मार्फत पनि विस्तृत जानकारी प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।

notice 1785832493892 https://bajarkochirfar.com/the-government-is-providing-free-training-from-cutting-and-sewing-to-barista-work-until-when-can-applications-be-submitted | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स