पत्रकार महासंघले धरानका मेयर हर्क साम्पाङका गतिविधि दुरी र द्वन्द्व बढाउने खालका रहेको निष्कर्ष निकाल्यो

पत्रकार महासंघले धरानका मेयर हर्क साम्पाङका गतिविधि दुरी र द्वन्द्व बढाउने खालका रहेको निष्कर्ष निकाल्यो
Advertisement Ads

नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका गतिविधिहरू सामाजिक दूरी र द्वन्द्व बढाउने खालका रहेको निष्कर्ष निकालेको छ। महासंघको टीमले पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख गर्दै मेयरका गतिविधिहरूले धरानका सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको जनाएको हो।

यस अध्ययनका प्रमुख बुँदामा, मेयर साम्पाङले पत्रकार दाहाललाई धम्की दिएको र आलोचना गर्ने पत्रकारलाई गाली-गलौज, धम्की, तथा भौतिक आक्रमणको सामना गराउन लगाएको कुरा खुलासा भएको छ। साथै, उनले नगरका सूचनाहरू नदिने, पत्रकारसँग सम्पर्क नगर्ने र सामाजिक सञ्जालमार्फत पत्रकार र उनका परिवारलाई पीडादायक चुनौती दिने जस्ता गतिविधिहरू चलाएका पाइएको छ।

महासंघका अनुसार, मेयर राईले नगरका सूचनाहरूको प्रभुत्व राख्न र आफ्ना समर्थकहरूबाट पत्रकारहरूलाई धम्की दिने, गाली गर्ने, र दलका झोले पत्रकारहरूलाई प्रचार गर्ने कार्य गरेका छन्। साथै, उनले श्रमदान अभियानबाट संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा नगरी निजी खातामा राखेर आफूखुसी निकासा गरेको घटनाले स्थानीय सरकारको आर्थिक कारोबारमा पारदर्शीताको गम्भीर प्रश्न उठाएको महासंघको भनाइ छ।

पत्रकार महासंघले मेयर राईका गतिविधिहरूलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको गम्भीर उल्लंघनका रूपमा मूल्यांकन गरेको छ र यस बारेमा छानबिनको आवश्यकता औंल्याएको छ। महासंघले गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्ने तयारी गरिरहेको छ र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ।

472958844 914416780854283 8136272345376692215 n 1736673283 https://bajarkochirfar.com/the-federation-of-journalists-concluded-that-the-activities-of-harak-sampang-the-mayor-of-dharan-are-such-as-to-increase-distance-and-conflict | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स