गृह मन्त्रालयले बुधबार एकैपटक काठमाडौं, भक्तपुर र ललितपुरसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिवहरूको सरुवा गरेको छ।
यसअनुसार काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई मन्त्रालयमै तान्दै सहसचिव छविलाल रिजाललाई काठमाडौंमा खटाइएको छ। ललितपुरमा सहसचिव सुमन घिमिरेलाई जिम्मेवारी दिइएको छ भने भक्तपुरमा नमराज घिमिरेलाई पठाइएको छ।
मन्त्रालयले दोलखा, भोजपुर, संखुवासभा, पाल्पा, सप्तरी, धनकुटा, ओखलढुंगा, बारा लगायतका जिल्लाका सिडिओ पनि फेरबदल गरेको छ। पर्सा, दाङ, सिरहा, ललितपुर र धादिङमा पनि सिडिओ हेरफेर भएका छन्।
यससँगै गृहले २४ जना उपसचिवलाई सरुवा गर्दै उनीहरू रहने १२ जिल्लाका सिडिओहरूमा समेत परिवर्तन गरेको जनाएको छ।





प्रतिकृया