८४ को निर्वाचन उथलपुथल भएर कांग्रेस, एमाले र माओवादीका नेताहरू नाङ्गिने छन्: डा. बाबुराम भट्टराई

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २९ गते
८४ को निर्वाचन उथलपुथल भएर कांग्रेस, एमाले र माओवादीका नेताहरू नाङ्गिने छन्: डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आउँदो २०८४ को निर्वाचन राजनीतिक उथलपुथलको वर्ष हुने दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीचको आपसी खिचातानीले राजनीतिक अस्थिरता अझ चर्किने बताए।

“आगामी वर्ष उथलपुथलको वर्ष हुने नै छ,” उनले भने, “पुराना दलहरू आ–आफ्नै खुट्टा तानातानमा छन्, पोल खोलाखोल गरिरहेकाछन्, त्यो झन् बढ्दै जान्छ। मुख्य तीन दलका नेताहरूको चर्तिकला झन् नाङ्गिनेछ।”

भट्टराईले यस्ता परिस्थितिमा नयाँ वैकल्पिक शक्तिहरूबीच ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अगाडि बढ्ने विश्वास पनि व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स