करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा खरिद गर्ने उपभोक्तालाई बिल दर्ता गर्न आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १७ गते
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा खरिद गर्ने उपभोक्तालाई बिल दर्ता गर्न आग्रह
AdvertisementAds

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई बिल दर्ता गराउन आह्वान गरेको छ।

शनिबार विभागले सूचना जारी गर्दै साउन १ गतेयता रु. १०० वा सोभन्दा बढी मूल्यको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान (PAN) वा भ्याट (VAT) बिल लिएका उपभोक्ताले prize.ird.gov.np पोर्टलमार्फत बिल अपलोड गर्न सक्ने जनाएको छ।

विभागका उपमहानिर्देशक जनकराज शर्माका अनुसार क्यूआरमार्फत गरिएको रु. १०० भन्दा बढीको कारोबार भने विभागको प्रणालीमा स्वतः समावेश हुने भएकाले हाल बिल प्रविष्ट गर्न आवश्यक पर्दैन। तर, उपहार दाबीका लागि सक्कल बिल सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ।

विभागले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा प्यान वा भ्याट बिल माग्न र बिल नपाए विभागमा जानकारी गराउन पनि आग्रह गरेको छ।

साउन १ गतेदेखि लागू भएको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरिएको छ। विभागका अनुसार हरेक दिन एक जनाले कर कट्टीपछि रु. १ लाख र प्रत्येक १५ दिनमा एक जनाले बम्पर उपहारस्वरूप रु. १० लाख नगद प्राप्त गर्ने व्यवस्था छ।

यो कार्यक्रम आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेअनुसार कार्यान्वयनमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स