सुपरमाई हाइड्रोपावरले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा जम्मा गरिदिएको छ । मंसिर २८ गते साधारण सभा सम्पन्न गरेको यस कम्पनीले मंसिर १६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो । कम्पनीले कनेक्ट आइपीएस मार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५.६३१ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।
हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई कम्पनीले तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । कम्पनीको मंसिर २८ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५.६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया