स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न, २५.५ प्रतिशत लाभांश पारित

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २५ गते
स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न, २५.५ प्रतिशत लाभांश पारित

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालकाे ३८औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित साधारणसभाले प्रस्तावित २५.५ प्रतिशत लाभांश पारित गरेकाे बैंकले जनाएकाे छ।

सभामा आर्थिक वर्ष २०८०/८१ मा बैंकले ४ अर्ब ७ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो भने करपछिको खुद नाफा ३ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ। सोही अवधिको नाफाबाट बैंकले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत बोनस सेयर वितरण गरेको छ।

स्ट्यान्डर्ड चार्टर्ड समूहले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ७०.२१ प्रतिशत सेयर स्वामित्व राखेको छ भने बाँकी २९.७९ प्रतिशत सेयर सर्वसाधारण सेयरधनीको स्वामित्वमा छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स