६० दिनभित्र संसद्‍ले कानुन बनाउनैपर्ने प्रधानमन्त्रीको धारणासँग सभामुख घिमिरे असहमत, के भने त?

६० दिनभित्र संसद्‍ले कानुन बनाउनैपर्ने प्रधानमन्त्रीको धारणासँग सभामुख घिमिरे असहमत, के भने त?
AdvertisementAds

सभामुख देवराज घिमिरेले संसद्मा आएको विधेयकलाई ६० दिनभित्र कानुन बनाउनैपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा त्यति महत्वपूर्ण नभएको बताएका छन्।

शनिबार विराटनगरस्थित बिग होटलमा पत्रकारसँग कुराकानी गर्दै उनले संसद्को प्रमुख जिम्मेवारी विधेयक टुंग्याउनु रहेको उल्लेख गरे। ‘६० दिनभित्र कानुन बनाउनैपर्ने कुरा मुख्य होइन, संसद्ले आफ्नो दायित्व पूरा गर्नु प्राथमिकता हो,’ घिमिरेले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले संसद्को हिउँदे अधिवेशनको उद्घाटन गर्दै ६० दिनभित्र कानुन निर्माण गर्न कानुनी व्यवस्था आवश्यक रहेको बताए पनि सभामुख घिमिरेले यसको कानुनी व्यवस्था वा नियमावलीमा तोक्ने विषय गौण रहेको बताए।

‘जरुरी परे नियमावलीमा समयसीमा तोक्न सकिन्छ, तर मूल कुरा संसद्ले जिम्मेवारी पूरा गर्नु हो,’ उनले भने। उनले संसद्ले समयमै विधेयकहरू टुंग्याउने जिम्मेवारी गम्भीरताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिए। ‘काम भए टुंगिन्छ, मुख्य कुरा समयमै विधेयकलाई टुंगो लगाउनु हो,’ घिमिरेले थपे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स