instainsta

दक्षिण कोरियाली कम्पनीले नेपालमा हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने, समझदारीपत्रमा हस्ताक्षर

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १२ गते
दक्षिण कोरियाली कम्पनीले नेपालमा हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने, समझदारीपत्रमा हस्ताक्षर
AdvertisementAds

नेपालमा कोरियाली कम्पनीले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने भएको छ। यसका लागि लगानी बोर्ड नेपाल र दक्षिण कोरियाको जी–फाइलोस को–अपरेटिभ लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीवार काठमाडौँमा आयोजित कार्यक्रममा दुवै पक्षले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने सहमति जनाएका छन्। यो परियोजना सफल भएमा नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादन र फ्युल सेल प्रविधि भित्रिन सक्नेछ।

सम्झौताको अनुसार कोरियाली कम्पनीले प्रविधि, अनुभव र लगानीका सम्भावना प्रस्तुत गर्नेछ भने लगानी बोर्डले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। हरित हाइड्रोजनलाई भविष्यको शुद्ध ऊर्जा स्रोत मानिँदै आएको छ।

फिलोसले सात अर्बभन्दा बढी लगानी प्रस्ताव गरेको छ र २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन सुरु गर्ने योजना रहेको छ। प्लान्टको स्थान यकिन भइसकेको छैन। उत्पादन गरिएको हाइड्रोजन स्टिल, मल उद्योग र अमोनियम नाइट्रेट उत्पादन तथा भण्डारणमा प्रयोग गर्न सकिनेछ। परियोजनाले वातावरणमैत्री उद्योग विस्तार, रोजगार सिर्जना र दिगो उर्जा सुरक्षामा योगदान दिने विश्वास गरिएको छ।

जेठ १३ मा बसेको लगानी बोर्डको ६३औँ बैठकले ग्रिन हाइड्रोजन पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन अनुमति दिएको थियो। एमओयू कार्यक्रममा लगानी बोर्डका सीईओ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स