सोपान फर्मास्युटिकल्सको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न सकिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३ गते
सोपान फर्मास्युटिकल्सको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न सकिने ?
AdvertisementAds

सोपान फर्मास्युटिकल्स लिमिटेडले आज वैशाख ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले कुल ३४ लाख ७४ हजार ९ सय कित्ता आईपीओ निष्काशन गरेको हो।

यस आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताहरूले वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स