नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो गुह्येश्वरीतर्फ ५० रोपनी जग्गामा स्थानान्तरण गर्ने भएको छ। नयाँ अत्याधुनिक डिपो २०८४ मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
डिपो स्थानान्तरणका लागि पुलचोक इन्जिनियरिङ अध्ययन संस्थानले डिपिआर तयार गरी निगमलाई हस्तान्तरण गरिसकेको छ भने भदौमा टेन्डर प्रक्रिया हुने तयारी छ।
सिनामंगलमा रहेको ५० वर्ष पुरानो डिपोको भण्डारण क्षमता ७,६६० किलोलिटर हो, जसबाट दैनिक ४०० किलोलिटर इन्धन बिक्री हुँदै आएको छ। नयाँ डिपो निर्माणका लागि ६ अर्ब रुपैयाँ लाग्नेछ।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया