सिद्धार्थ बैंकमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
सिद्धार्थ बैंक लिमिटेडले नेटवर्क प्रशासन सम्बन्धी दुई पदमा योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ।
जुनियर अफिसर तहको (Senior Network Administrator) पदका लागि १ जना र सिनियर असिस्टेन्ट तहको (Network Administrator) पदका लागि पनि १ जना जनशक्ति आवश्यक रहेको बैंकले जनाएको छ।
ईच्छुक उम्मेदवारहरूले बैंकको वेबसाइट www.siddharthabank.com/career मार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८२ वैशाख १६ गते (29th April 2025) साँझ ५:०० बजे सम्म तोकिएको छ।