शिवम् सिमेन्ट्स लिमिटेडले ९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ८.५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
शिवम सिमेन्ट्सले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । जस अनुसार, पुस १६ गते मंगलबारसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । कम्पनीको साधारण सभा पुस २९ गते राष्ट्रिय सभा गृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे सुरु हुनेछ ।













प्रतिकृया