शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्काशन गर्न लागेको छ। वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यस ऋणपत्र प्रतिकित्ता १,००० रुपैयाँ दरमा कुल १० लाख कित्ता निष्काशन हुनेछ। जसमध्ये ६ लाख कित्ता निजी तवरबाट र बाँकी ४ लाख कित्ता सर्वसाधारणतर्फ निष्काशन गरिनेछ। सोमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइनेछ भने बाँकी ३ लाख ८० हजार कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदनको अन्तिम म्याद साउन ४ गतेसम्म रहेको छ, तर सो अवधिमा पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म लम्बिन सक्नेछ।
इक्रा नेपालले ऋणपत्रलाई “ICRA NP BB+” रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ। १० वर्षे अवधिपछि साँवा र बाँकी ब्याज रकम एकमुष्ठ रूपमा भुक्तानी हुनेछ। प्रत्येक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तमा ब्याज भुक्तानी गरिनेछ।
बैंकले ऋणपत्रबाट उठाएको पूँजीमध्ये ६० प्रतिशत कर्जा, २५ प्रतिशत सरकारी ऋणपत्र तथा ट्रेजरी बिल्समा, र बाँकी १५ प्रतिशत सेयर तथा अन्य क्षेत्रमा लगानी गर्ने जनाएको छ।
आवेदन ‘मेरो शेयर’ मार्फत वा लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल, बुटवलको कालिकानगरस्थित शाइन रेसुङ्गा बैंक शाखा, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट दिन सकिनेछ।







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया