दुई कम्पनीको लाभांश सुरक्षित गर्ने मंसिर १० गते अन्तिम दिन रहेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट्सले साधारण सभा तथा लाभांश वितरणका लागि मंसिर ११ गते बुकक्लोज गर्दैछ ।जस अनुसार , मंसिर १० गतेसम्म कायम सेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन्।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, काठमाडौँको आम्रपाली ब्यान्क्वेट, थिरबम सडकमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।
शिवम् सिमेन्ट्स लिमिटेडले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले त्यसै बैठकले मंसिर २५ गते बिहान साढे १० बजे साधारण सभा बोलाउने निर्णय पनि गरेको छ।







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया