स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। कम्पनीले सहायक प्रशिक्षार्थीदेखि सुपरभाइजरसम्मका पदमा इच्छुक नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गरेको छ।
सहायक श्रेणीको लागि न्यूनतम शैक्षिक योग्यता एसईई, प्लस टु वा सरहको परीक्षा उत्तीर्ण तथा अन्य श्रेणीहरूको लागि पनि सम्बन्धित शैक्षिक योग्यता र अनुभवको आवश्यकता रहेको छ। उम्मेदवारहरूलाई लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा छनोट गरिनेछ।
इच्छुकले व्यक्तिहरूले कम्पनीको वेबसाइट www.slbbl.com.np बाट आवेदन फाराम डाउनलोड गरी तोकिएको ठेगानामा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८२ बैशाख २६ गतेसम्म रहेको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया