SHAREHUB SHAREHUB

एसईई नतिजा २०८२: कहाँ र कसरी हेर्ने? यस्ता छन् आधिकारिक एसएमएस कोड र वेबसाइटहरू

Advertisement Ads
एसईई नतिजा २०८२: कहाँ र कसरी हेर्ने? यस्ता छन् आधिकारिक एसएमएस कोड र वेबसाइटहरू
Advertisement Ads

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा हेर्न सकिने आधिकारिक माध्यमहरूको सूची सार्वजनिक गरेको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिनेछ। परीक्षार्थीहरूले मोबाइलबाट एसएमएस पठाएर वा फोनमार्फत पनि सहज रूपमा नतिजा प्राप्त गर्न सक्नेछन्।

नेपाल टेलिकम को १६०० नम्बरमा एसएमएस, यूएसएसडी तथा आईभीआर सेवा उपलब्ध हुनेछ। त्यसैगरी जानकी टेक्नोलोजी को ३५००१ र एम्बिसन गुरु को ३१०६९ नम्बरमा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

नतिजा तथा विस्तृत मार्कसिट इन्टरनेटमार्फत हेर्नका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न वेबसाइटलाई अनुमति दिइएको छ। आधिकारिक सरकारी वेबसाइट SEE Result Portal र National Examination Board बाट नतिजा हेर्न सकिनेछ। साथै नेपाल टेलिकम, कान्तिपुर, इडियु सञ्जाल तथा खल्ती लगायतका प्लेटफर्ममार्फत पनि नतिजा उपलब्ध गराइनेछ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित भएपछि आधिकारिक माध्यमबाट मात्रै नतिजा हेर्न र भ्रमपूर्ण सूचनाबाट सावधान रहन परीक्षार्थी तथा अभिभावकलाई आग्रह गरेको छ।

Advertisement Ads

see 2082 results platforms notice 1778392521112 https://bajarkochirfar.com/see-result-2082-where-and-how-to-check-these-are-the-official-sms-codes-and-websites | %tags

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स