SHAREHUB SHAREHUB

एसईई र प्लस टु पास भएकाहरुलाई विन नेपाल लघुवित्तमा जागिर खाने अवसर, माग्यो ठुलो संख्यामा कर्मचारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २२ गते
Advertisement Ads
एसईई र प्लस टु पास भएकाहरुलाई विन नेपाल लघुवित्तमा जागिर खाने अवसर, माग्यो ठुलो संख्यामा कर्मचारी
Advertisement Ads

विन नेपाल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरूमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थीदेखि नायब प्रमुख कार्यकारी अधिकृतसम्मका लागि आवेदन माग गरेको हो।

सहायक स्तरका पदहरूमा शाखा प्रबन्धक (सुपरभाइजर/वरिष्ठ सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी) को लागि आवेदन खुला गरिएको छ। शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कम्तीमा प्लस टु र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि एसईई उत्तीर्ण भएका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

अधिकृतस्तरमा सूचना प्रविधि विभागका १ जना, अनुगमन अधिकृतका २ जना, र व्यवस्थापन प्रशिक्षार्थीका लागि केही पदहरू भर्ना गर्न लागिएको छ। यी पदहरूमा आवेदन दिनका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने छ।

नायब प्रमुख (अधिकृत) पदका लागि स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा २ वर्षको बैंक तथा वित्तीय संस्थामा जिम्मेवार कार्य अनुभव भएको उम्मेदवारले आवेदन दिन सक्नेछन्। यदि स्नातक उत्तीर्ण भए भने, उम्मेदवारसँग बैंक तथा वित्तीय संस्थामा जिम्मेवार पदमा कम्तीमा ३ वर्षको कार्य अनुभव हुनुपर्नेछ।

नायब प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिने उम्मेदवारले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ३ वर्षको विभागीय प्रमुखको कार्य अनुभव र कम्तीमा १० वर्षको सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनु आवश्यक छ। यदि स्नातक उत्तीर्ण भए भने, विभागीय प्रमुखको पदमा कम्तीमा ५ वर्षको अनुभव वा सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव हुनु पर्छ।

Advertisement Ads

इच्छुक उम्मेदवारले १५ दिनभित्र आफ्नो कागजपत्रसहित दरखास्त दिनुपर्नेछ। दरखास्त ई-मेलमार्फत वा काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

vacancy 768x955 1 https://bajarkochirfar.com/see-and-plus-two-passers-get-job-opportunities-at-win-nepal-microfinance-large-number-of-employees-sought | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स