insta insta

पूँजी बजार सुधारका लागि लगानीकर्ताहरुसँग सेबोनले माग्यो सुझाव

पूँजी बजार सुधारका लागि लगानीकर्ताहरुसँग सेबोनले माग्यो सुझाव
Advertisement Ads

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तयार गर्न सरोकारवालाबाट सुझाव माग गरेको छ। बोर्डका अनुसार प्रत्येक वर्ष झैँ यसपटक पनि धितोपत्र बजारलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन सुधारमुखी तथा कार्यान्वयनयोग्य सुझाव संकलन गरिनेछ।

लगानीकर्ता, व्यवसायी, नियामक निकायलगायत सबै सरोकारवालाको रायलाई नीति निर्माण प्रक्रियामा समेटिने सेबोनले जनाएको छ। इच्छुक व्यक्ति तथा संस्थाले आफ्ना सुझाव जेठ १५ गतेभित्र बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागको इमेलमार्फत पठाउन सक्नेछन्।

बोर्डले प्राप्त सुझावहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणमा उपयोग गरिने पनि स्पष्ट पारेको छ।

sebon seeks market suggestions notice 1777448334768 https://bajarkochirfar.com/sebon-seeks-suggestions-from-investors-on-capital-market-reforms | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स