साहस उर्जाको नाफा ७४% बढ्यो, ९ महिनामा ८३ करोड बढी कमाई

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २३ गते
साहस उर्जाको नाफा ७४% बढ्यो, ९ महिनामा ८३ करोड बढी कमाई

साहस उर्जा कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो नौ महिनामा उल्लेख्य सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, यस अवधिमा कम्पनी ८३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७४.४५ प्रतिशतले बढी हो।

गत वर्ष सोही अवधिमा कम्पनीको नाफा ४७ करोड ८१ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी बढ्नु र खर्च घट्दा कम्पनीको नाफामा वृद्धि देखिएको हो। कम्पनीको विद्युत बिक्री आम्दानी २ अर्ब २ करोड रुपैयाँबाट बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ, जसमा करिब ५.८४ प्रतिशत वृद्धि भएको हो। यसबाहेक, ३३ लाख ३० हजार रुपैयाँ बराबरको अन्य आम्दानीसमेत कम्पनीले गरेको छ।

साहस उर्जाले प्रशासनिक र वित्त खर्च समेत घटाउन सफल भएको छ। प्रशासनिक खर्च ७ करोड १७ लाख रुपैयाँबाट घटेर ५ करोड ७५ लाखमा झरेको छ भने वित्त खर्च ९१ करोड ६८ लाख रुपैयाँबाट घटेर ६२ करोड ९८ लाखमा आएको छ।

हाल कम्पनीको जगेडा कोष ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ। ३ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३ करोड र चालु दायित्व २ अर्ब १६ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ १८ पैसा रहेको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स