सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिदैँ १०० प्रतिशत हकप्रद सेयर (१ः१ अनुपातमा) निष्काशनको अनुमति मागेको हो।
बोर्डले स्वीकृति दिएमा कम्पनीले हालको चुक्तापुँजीको बराबर रकममा हकप्रद सेयर ल्याउनेछ, जसअनुसार कुल १ करोड १७ लाख ३२ हजार कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी हुनेछ। यसको कुल मूल्य १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ हुन्छ।
हकप्रद निष्काशनपछि कम्पनीको चुक्तापुँजी दोब्बर भई २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ। यस हकप्रद सेयर बिक्रीको प्रबन्धक एनएमबि क्यापिटल नियुक्त गरिएको छ।

प्रतिकृया