instainsta

१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै सगरमाथा जलविद्युत, बोलायो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ४ गते
१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै सगरमाथा जलविद्युत, बोलायो साधारण सभा
AdvertisementAds

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न मंसिर २६ गते स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ११ बजे पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा कायम चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँकाे १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव प्रस्तुत हुनेछ।

साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थागत जमानी र सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने एजेन्डामा छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स